गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ६४ जना पुरुष तथा ७४ जना महिला गरी १३८ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १३ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा

थप ३३२ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १३८ सहित मुस्ताङका १ जना, म्याग्दीका ११ जना, पर्वतका १९ जना, गाेरखाका ३६ जना

लमजुङका १४ जना, तनहुँका ५ जना, बाग्लुङका ९३ जना, स्याङ्जाका ४ जना र नवलपुरका

११ जना गरी प्रदेशका १० जिल्लामा १७३ पुरुष तथा १५९ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६८ हजार ३४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ७८४ पुगेको छ ।

गण्डकीमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ९९ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button