गण्डकीसमाचार

गण्डकी प्रदेशमा आज थप २ जना संक्रमितको मृत्यु,५०८ जनामा संक्रमण पुष्टि

गण्डकी खबर । कोरोना संक्रमित भई पोखराकाे चरक मेमाेरियल अस्पतालमा उपचाररत एक जना महिला र नवलपुरमा

अस्पतालबाट उपचार पछि घर लैजाने क्रममा एक जना महिलाकाे  मृत्यु भएको छ ।

साउन १७ गते कोरोना संक्रमण पुष्टि भई  पाेखराकाे चरक मेमाेरियल अस्पतालमा उपचाररत

पाेखरा ८ की ८४ वर्षीया महिलाकाे मंगलबार मृत्यु भएकाे हाे ।

नवलपुरमा अस्पतालबाट उपचार पछि घर लैजाने क्रममा कावासाेती ८ की ७२ वर्षीया महिलाकाे साेमबार मृत्यु भएको छ ।

उहाँलाई आइतबार काेराेना संक्रमण पुष्टि भएकाे  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १०५ पुगेको छ ।

विवरण यस्ताे छः

 

भने पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ८४ जना पुरुष तथा ७१ जना महिला गरी १५५ जनामा कोरोना भाइरस

पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १३५ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी

प्रदेशमा थप ५०८ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १५५ सहित म्याग्दीका १७ जना, पर्वतका १ जना, गाेरखाका ८४ जना, लमजुङका ११ जना,

तनहुँका ६१ जना, बाग्लुङका ५८ जना, स्याङ्जाका ७७ जना र नवलपुरका ४४ जना गरी प्रदेशका ९

जिल्लामा २६४ पुरुष तथा २४४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार १५१ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६१० जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ७०० पुगेको छ ।

गण्डकीमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १०५ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button