गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ४ जना संक्रमितको मृत्यु,५०० जनामा संक्रमण पुष्टि

गण्डकी खबर । गण्डकी प्रदेशका थप ४ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।  कोरोना संक्रमित भई पोखरा र नवलपुरकाे अस्पतालमा उपचाररत तीन जना महिला र  कास्कीमा हाेमआइसाेलेसनमा रहेका  एक जना पुरुषकाे मृत्यु भएको हाे ।

कास्कीका २ जना, स्याङ्जाका १ जना र नवलपुरका १ जनाकाे मृत्यु भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले बुधबार पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १०९ पुगेको छ ।

विवरण यस्ताे छः

त्यस्तै पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ८१ जना पुरुष तथा ६७ जना महिला गरी १४८ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय

पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ११५ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ५०० जनामा कोरोना

पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १४८ सहित म्याग्दीका १ जना, पर्वतका ७१ जना, गाेरखाका ४३ जना, लमजुङका १६ जना, तनहुँका ५३ जना,

बाग्लुङका १६ जना, स्याङ्जाका ६७ जना र नवलपुरका ८५ जना गरी प्रदेशका ९ जिल्लामा २६९ पुरुष तथा २३१ जना

महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ६५१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १५६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ८५६ पुगेको छ ।

गण्डकीमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १०९ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button