गण्डकी खबर । पाेखराका अस्पतालहरुमा उपचाररत थप ५ जना काेराेना संक्रमितको मृत्यु भएकाे छ ।
मृत्यु हुनेहरुमा कास्की जिल्लाका २ जना, पर्वत जिल्लाका १ जना, बाग्लुङ जिल्लाका १ जना र म्याग्दी जिल्लाका १ जना
रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले शुक्रबार पुष्टि गरेकाे छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार १२३ पुगेको निर्देशनालयले जनाएकाे छ ।
विवरण यस्ताे छः
पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीमा ९२ जना पुरुष तथा ९९ जना महिला गरी १६६ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय
पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ३२७ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ७०१ जनामा कोरोना पोजेटिभ
देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका १६६ सहित मुस्ताङका २२ जना, म्याग्दीका १२ जना, पर्वतका ३७ जना, गाेरखाका ११३ जना, लमजुङका १९ जना,
तनहुँका २७ जना, बाग्लुङका ८८ जना, स्याङ्जाका १०५ जना र नवलपुरका ११२ जना गरी प्रदेशका १० जिल्लामा ३५७ पुरुष
तथा ३४४ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७० हजार ९६८ पुगेको छ। पछिल्लो २४ घण्टामा ७१० जना निको
भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६४ हजार १ पुगेको छ ।
गण्डकीमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १२३ पुगेको छ।