गण्डकीसमाचार

बेगनासतालको बाँध छेउमा निर्मित राष्ट्रिय झण्डामा पर्यटकको आकर्षण

गण्डकी खबर । पर्यटकीय नगर पोखरास्थित बेगनासतालको बाँध छेउमा निर्मित राष्ट्रिय झण्डासहितको स्तम्भमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।

रोटरी क्लब अफ लेखनाथको करिब ६ लाखको लागतमा निर्मित बेगनाशतालको दृष्यावलोकन गर्ने तथा राष्ट्रिय झण्डासहितको

स्तम्भमा पछिल्लो सयमा तस्वीर खिचाउने आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।

स्तम्भमा बेगनासतालको क्षेत्रफल, गहिराइलगायत अधिकांश विषयको तथ्याङ्क राखिएको छ ।

बेगनासताल आउने जो कोही पर्यटकले स्तम्भमा फोटो खिचाउनुका साथै त्यहाँ उल्लेखित विषयलाई अभिरुचिका साथ हेर्दै

तालबारे जानकारी लिने गरेको रोटरी क्लब अफ लेखनाथका अध्यक्ष मिलन तिवारीले बताउनुभयो ।

क्लबले स्थानीय तहसँग समन्वय एवं सहकार्यका आधारमा तालको सौदर्यकरणसहित पर्यटकको आकर्षक बढाउन पहल गर्ने

बताउँदै उहाँले यस क्षेत्रको विकासका लागि मनोरमपार्क निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पर्यटकीय डुङगाघाट नजिकै रहेको कारण पनि स्तम्भ सबैको रोजाइँमा पर्ने गरेको छ । बेगनासतालमा पर्यटकलाई लच्छित गरी १४५ जना व्यवसायीले

२४९ वटा डुङगा सञ्चालन गरेको डुङगा व्यवसायी समिति बेगनासका अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिनुभयो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button