गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ५ संक्रमितको मृत्यु, ५७७ जनामा संक्रमण पुष्टि

गण्डकी खबर । पाेखराका अस्पतालहरुमा उपचाररत ३ जना, म्याग्दीकाे बेनी अस्पतालमा उपचाररत १ जना र नवलपुरकाे

अस्पतालमा उपचाररत १ जनासहित गण्डकी प्रदेशका थप ५ जना काेराेना संक्रमितको मृत्यु भएकाे छ ।

मृत्यु हुनेहरुमा कास्की जिल्लाका १ जना, म्याग्दी जिल्लाका १ जना, तनहुँ जिल्लाका १ जना, स्याङ्जा जिल्लाका १ जना र

नवलपुर जिल्लाका १ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले साेमबार पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार १४१ पुगेको निर्देशनालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ९४ जना पुरुष तथा १०२ जना महिला गरी १९६ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २०४ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ५७७ जनामा कोरोना पोजेटिभ

देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १९६ सहित मुस्ताङका १ जना, म्याग्दीका ७ जना, पर्वतका ५ जना, गाेरखाका ४९ जना, लमजुङका ६२ जना,

तनहुँका १३ जना, बाग्लुङका ६० जना, स्याङ्जाका ८६ जना र नवलपुरका ९८ जना गरी प्रदेशका १० जिल्लामा २९० पुरुष

तथा २८७ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७२ हजार ६२८ पुगेको छ। पछिल्लो २४ घण्टामा ४२७ जना निको

भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५९१ पुगेको छ ।

गण्डकीमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान

गुमाउनेको संख्या १ हजार १४१ पुगेको छ।

 

मृत्यु हुनेको विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button