गण्डकी खबर । कास्कीमा गए राति श्रीमानले सिलौटाको लोहोरोले टाउकोमा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
राति अन्दाजी सवा १ बजेको समयमा कास्कीको माछापुच्छ्रे गाँउपालिका २ बाझाखेतका ६५ वर्षीय श्रीराम कामीले आफ्नै श्रीमती
५५ वषीैया श्रीमाया कामीलाई लोरोले प्रहार गरेको प्रहरीले जनाएको छ ।
श्रीरामले मादक पदार्थ सेवन गरी सिलौटाको लोहोरोले टाउकोमा प्रहार गर्दा घाइते भइ उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल
पोखरा ल्याइएकोमा उपचारको क्रममा मृत घोषणा गरिएको हो ।
घटनास्थलमा खटिएको प्रहरी टोलीले कुटपिट गर्नेलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी
कार्यालय पोखराका प्रहरी वरीष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिनु भएको छ ।