गण्डकीसमाचार

गण्डकी प्रदेशमा ५ जना काेराेना संक्रमितको मृत्यु, ६८० जनामा संक्रमण पुष्टि

गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य

निर्देशनालय पोखराले पुष्टि गरेको छ ।

कास्कीकाे पाेखरा ३२ का ७९ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा बुधबार मृत्यु भएको छ ।

उहाँलाई साउन २३ गते संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जाकाे वालिङ नगरपालिका ७ की ७२ वर्षीया महिलाकोे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा बुधबार मृत्यु भएको छ ।

उहाँलाई साउन २३ गते संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जाकाे वालिङ नगरपालिका ९ की ३५ वर्षीया महिलाकोे मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा बुधबार मृत्यु भएको छ ।

उहाँलाई साउन १५ गते संक्रमण पुष्टि भएको थियो ।

तनहुँकाे व्यास १४ का ५१ वर्षीय पुरुषकाे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।

उहाँलाई साउन २५ गते संक्रमण पुष्टि भएको थियो ।

बाग्लुङकाे जैमिनी नगरपालिका ३ की ५५ वर्षीया महिलाकोे गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।

उहाँलाई मंगलबार नै संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार १५४ पुगेको निर्देशनालयले जनाएको छ ।

 

भने, पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा १०८ जना पुरुष तथा ८९ जना महिला गरी १९७ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २५६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ६८० जनामा कोरोना पोजेटिभ

देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १९७ सहित मुस्ताङका १ जना, म्याग्दीका १० जना, पर्वतका ८८ जना, गाेरखाका १२१ जना, लमजुङका २३ जना,

तनहुँका ३४ जना, बाग्लुङका ८४ जना, स्याङ्जाका ६८ जना र नवलपुरका ५४ जना गरी प्रदेशका १० जिल्लामा ३५२ पुरुष

तथा ३२८ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७३ हजार ८६१ पुगेको छ। पछिल्लो २४ घण्टामा ५१९ जना निको

भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६६ हजार ५७५ पुगेको छ ।

गण्डकीमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १५४ पुगेको छ।

मृत्यु हुनेको विवरण यस्तो छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button