गण्डकीसमाचार

पर्वतमा आफ्नै छोरी बलात्कार गर्ने बुबा र काका प्रहरी नियन्त्रणमा

गण्डकी खबर । नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ गते काकाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेका बुबा र काकाविरुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार पीडित किशोरीकी आमा मानसिक रोगी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै नरहेको

प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको छ र पक्राउ परेकालाई जबर्जस्ती करणीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी

निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेका र पीडितको नाम, ठेगानालगायतका विवरण गोप्य राखिएको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button