leading news portal from gandaki

हेमजाको सुईखेत खोला नियन्त्रण गर्न एमाले उम्मेदवारको जोड

पोखरा,२८ कार्तिक । नेकपा एमाले कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दामोदर पौडेल बैरागी र ३ (क) बाट प्रदेश सभा सदस्य उम्मेदवार गणेशमान गुरुङले पोखरा २५ हेमजामा रहेको सुईँखेत खोलाले वर्षेनी मानव वस्ती र खेतियोग्य जमिनमा असर गरेको भन्दै यसको नियन्त्रण गर्ने बताएका छन् ।

मंसिर ४ गते हुने निर्वाचन केन्द्रित घरदैलो पछि हेमजाको कालिकाचोकमा भएको कोणसभामा उनीहरुले सुईखेत खोलाको नियन्त्रण गर्ने नयाँ भिजन आफूहरुसँग भएको बताउँदै हेमजावासीले आउदो वर्खामा सुईखेत खोलाको असर भोग्न नपर्ने उल्लेख गरे । उम्मेदवारद्धयले हेमजा कृषिको पकेट क्षेत्र मानिने हुदा कृषिको विकासमा पनि जोड दिने बताए ।

कोणसभामा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडल वैरागीले एमाले नेतृत्व सरकारको पालामा छुट्याईएको बजेट आफ्नो पालामा वितरण गरेको भन्दै झुटको खेति गरि जनताका माझ भ्रम फिजाएको बताउँदै झुटको खेति गर्दै मत माग्न आउनेहरुसँग सजग हुन मतदातालाई आगह गरे । उनले भने–‘एमाले नेतृत्वको सरकारमा भएका कामको जस लिदै गठबन्धन सरकारले मतदातालाई भ्रम फैल्याउँदै, मत मागिरहेका छन् । तपाईहरु भ्रममा नपर्नुहोस् ।’
उनले सुखी नेपाली संमृद्ध नेपालको अवधारणालाई आत्मसात गरेको पार्टी नेकपा एमालेका उम्मेदवारलाई सुर्य चिन्हमा मतदान गरि विजयी गराउन हेमजा बासीहरूलाई अपिल गरे ।
प्

रदेश सभा सदस्य पदका उम्मेदवार गणेशमान गुरुङले सुईखेत खोलाको उचित व्यवस्थापन गर्दै खेतियोग्य जमिनमा खेति लगाउने र अन्य जग्गा पर्यटकीय आकर्षणको गन्तव्यस्थल बनाउन पूर्वाधारको विकास गर्ने बताए । उनले कालिका चोक हुदै सेरा कास्कीकोट जाने पुल निर्माण हुदाहुदै रोकिएको भन्ने सुन्नमा आएको हुदा आफुले जितेर आएकै भोलि पल्टबाट उक्त पुलको काम शुरु गराउने बचन दिए ।

आफु खेलि हुर्केको हेमजाको फाँट र खोलासँगको नाता स्मरण गर्दै उनले २५ नम्वर वडाको विकासका लागि आफु डटेर लाग्ने प्रतिबद्धता जनाए ।

उम्मेदवारद्धयले आईतवार हेमजाका याम्दी, तिब्बतियन क्याम, जैसिथर,साझा,मिलनचोक,प्रगतिचोक,म्याग्दी चोक हुदै कालिकाचोकमा घरदैलो गर्दै कोणसभामा सहभागि भएका थिए ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

पुराना सुनका गहना लोप हँुदै

By गण्डकी खबर / १८ माघ २०७७, आईतवार १३:२१ / 0 Comments

सिफारिस