कास्कीगण्डकीसमाचार

पोखराको सेती किनारमा निर्माण भएका टहरा डोजर लगाएर हटाइयो

पोखरा , १४ माघ ।  पोखरा-२५ हेमजाको सेति किनार सहस्त्रधारा स्थीत रहेको सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइएको छ ।

पोखरा महनगरपालिका प्रवक्ता एवं पोखरा २५ हेमजाका अध्यक्ष मोतीलाल तिमिल्सिनाको नेतृत्वमा शनिवार नगर प्रहरीको टोलीले उक्त टहरा हटाएको हो ।

वडा अध्यक्ष तिमिल्सिनाका अनुसार विगत ३ महिना देखि उक्त क्षेत्रको सरकारी जग्गामा निर्माण भएका टहरा हटाउ पटक पटक अनरोध गर्द पनि अटेर गरेपछि वडा कार्यालय २५ हेमजाले डोजर नै लगाएर टहरा हटाइएको हो ।

उक्त सरकारी जग्गामा बिगत पाच सात वर्ष देखि छिमेकी गाउँ घान्द्रुकका  साथै धादिङ लगायत अन्य विभिन्न जिल्लाका बासिन्दा बसोबास गदै आहिरहेका थिए ।  जस्ता र सिमेन्ट बाट निर्मित टहरामा उनीहरुले सुँगुर ,हास कुखुरा समेत पाल्दै आएका थिए ।

सुकुम्वासीका नाममा अतिक्रमण बढ्दै गएकोले वडाले पहलकदमी लिएको अध्यक्ष तिमिल्सिनाको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button