कास्कीगण्डकीसमाचार

पोखरामा जल्दै गरेको अवस्थामा दुईजनाको उद्धार

पोखरा, १५ माघ ।  पोखरामा जल्दै गरेको अवस्थामा एक महिला र एक पुरुषको उद्धार गरिएको छ ।

पोखरा महानगरपालिका–१३ काहुँखोलाबाट संगीता सापकोटा र कृष्ण बहादुर क्षेत्रीको जल्दै गरेको अवस्थामा उद्धार भएको हो ।

स्थानीयका अनुसार कृष्ण बहादुर क्षेत्रीले आत्मदाहको प्रयास गरेको र उनलाई बचाउने क्रममा संगीता पनि जलेकी हुन् ।

पोखरा १३ का वडाध्यक्ष किरण बरालका अनुसार जलेर गम्भीर घाइते एक जनाको इमरजेन्सीमा उपचार भइरहेको छ ।

उद्धार गरिएका दुवै जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो । घटनाको बिषयमा थप विवरण आउन बाँकी रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button