गण्डकीसमाचार

गण्डकी प्रदेशमा गत एक वर्षमा चार सय दुई सडक दुर्घटना, दुई सय १३ जनाको मृत्यु

गण्डकी प्रदेशमा २०७८ माघ देखि २०७९ पौष मसान्तसम्म चार सय दुई सडक दुर्घटना हुँदा २ सय १३ जनाले ज्यान गुमाएका छन् ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाको विवरण अनुसार ती दुर्घटनाहरुमा ३ सय ८१ जना गम्भीर घाइते भएका छन् भने २ सय ४५ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा ५ सय १४ सवारीसाधन संलग्न भएका छन् । तथ्यांकगत रुपमा हेर्दा भने अघिल्लो सोही अवधिको समय भन्दा दुर्घटना ३ प्रतिशतले घटेको छ भने मानवीय क्षति १५ प्रतिशतले घटेको छ ।

गम्भीर घाइतेको संख्यामा भने ३९ प्रतिशतको उच्च वृद्धि भएको छ । यसैगरी सोही अवधिमा सामान्य घाइतेको संख्या ९ प्रतिशतले घटेको छ भने दुर्घटनामा संलग्न सवारी साधनको संख्यामा पनि ७ प्रतिशतले कमी आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button