कास्कीखेलकुदगण्डकीसमाचार

पोखरामा शुरु भयो अन्तर वडा भलिबल प्रतियोगिता

पोखरा महानगरपालिकाअन्तर्गतको पोखरा खेलकुद विकास समितिद्वारा आयोजित दोस्रो अन्तर वडा भलिबल प्रतियोगिता २०७९ सोमबार देखि सुरु भएको छ । पोखरा रङ्गशालामा सुरु उक्त प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख आचार्यले खेलकुदको विकास प्रति महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । खेलाडीहरूको क्षमता अभिवृद्धिसहित थप अवसरहरूको सृजनाका लागि यस्ता प्रकारका प्रतियोगिताहरु आवश्यक रहेको बताउँदै उहाँले खेलकुदले अनुशासित नागरिक निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिकाको आयोजनामा अन्तर नगरपालिका भलिबल प्रतियोगिताको पनि आयोजना गर्ने तयारी भइरहेको जनाकारी दिँदै प्रमुख आचार्यले त्यसका लागि पोखरा महानगरपालिकाका उत्कृष्ट खेलाडीहरू छनौटका लागि समेत जारी प्रतियोगिता महत्त्वपूर्ण हुने बताउनुभयो । यस प्रतियोगितामार्फत पोखरा महानगरपालिकाले एक उत्कृष्ट टिम छनोट गर्ने र सोही टिमले निकट भविष्यमा आयोजना गरिने अन्तर नगरपालिका भलिबल प्रतियोगितामा आयोजक पालिकाको तर्फबाट सहभागिता जनाउने योजना रहेको छ ।

अन्तर वडा स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ पोखरा महानगरपालिकाका १६ वटा वडाहरूले सहभागिता जनाएका छन्, भने महिलातर्फ वडा नं. १५, १८ र २३ गरी तीन वटा वडाले सहभागिता जनाएका छन् । सोमबार पुरुषतर्फ पहिलो चरणका खेलहरू भइरहेका छन् । प्रतियोगिताको विजेताले नगद रु.६० हजार, उपविजेताले रु.४० हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button