खेलकुदगण्डकीसमाचार

आज पोखरा अन्तर वडा भलिबलको फाइनल हुँदै

पोखरा महाननगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको भलिबल प्रतियोगिताको फाइनलमा पुरुषतर्फ वडा नम्बर १६ र २३ भिड्ने भएका छन् ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको सेमिफाइनल खेल जित्दै यी दुई टिम फाइनल पुगेका हुन् । वडा नम्बर १६ ले वडा नम्बर २० को टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको हो । वडा नम्बर २३ ले वडा नम्बर १८ लाई ३–१ को सेटमा पराजित गर्यो ।

महिलातर्फ वडा नम्बर २३ र १८ ले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । मंगलबार भएको खेलमा वडा नम्बर १५ लाई २–० को सोझो सेटमा पराजित गर्दै वडा नम्बर २३ फाइनल पुगेको हो । महिलातर्फ तीन टिममात्रै सहभागी भएकाले वडा नम्बर १८ सिधै फाइनल पुगेको थियो ।

महिलातर्फको फाइनल बुधबार बिहान साढे ८ बजे र पुरुषतर्फको फाइनल दिउँसो १ बजे रंगशालामै हुने आयोजक खेलकुद विकास समितिका सदस्य सचिव सुभाष खड्काले जानकारी दिए । प्रतियोगिताको पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ६० हजार, ५० हजार, ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् ।

महिला र पुरुषतर्फ ५–५ जना खेलाडीले विधागत पुरस्कारबापत जनही नगद ५–५ हजार रुपैयाँ प्राप्त गर्ने समिति अध्यक्ष दीपक गोदारले बताए । प्रतियोगिता पोखरा महानगरपालिका भलिबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button