कास्कीगण्डकीसमाचार

पार्किङ हटाउँदा व्यवसाय विस्थापित हुने भन्दै पोखरा उद्योग वाणिज्य संघको आपत्ति

पोखरा महानगरले पोखराका मुख्य सडक क्षेत्रबाट पार्किङ हटाउँदा त्यहाँका व्यवसाय विस्थापित हुने तथा लगानी डुब्ने भन्दै पोखरा उद्योग वाणिज्य महासंघले अपिल गरेको छ ।

संघले आज एक सूचना जारी गर्दै महानगरको पछिल्लो निर्णयका क्रममा संघसँग कुनै परामर्श नगरिँदा गम्भीर ध्यानाकर्षण भएको बताएको छ । पोखराको सडकमा अवैधानिक व्यापार व्यवसाय हटाउन आफूले सधैं अग्रणी भुमिका खेल्दै आएको बताउँदै संघले यस्तो दीर्घकालीन महत्वको विषयमा महानगरले एक्लै निर्णय लिँदा आफूलाई दुखित तुल्याएको पनि बताएको छ ।

संघले महानगरले व्यवस्थापन गरेको पार्किङ स्थलले हालको सवारी चाप धान्न सक्छ त भनेर प्रश्न गर्दै हतारमा निर्णय गर्न भन्दा विकल्प सोच्नु पर्ने सुझाव दिएको छ । कोभिड -१९ महामारी, बैंकको चर्को ब्याजदरले थला परेका व्यवसायीलाई यस निर्णयले थप आहत पार्ने पनि संघले जनाएको छ ।

संघले ट्राफिक व्यवस्थापनको नाम ज्यादती नहोस् भन्नेमा ध्यान दिन साथै पार्किङ निषेधको निर्णयलाई पुनरावलोकन गर्न पनि अनुरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button