समाचार

त्रिभुवन विमानस्थल अनुगमनमा मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती एका बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा निस्किएका छन् ।

आज बिहान साढे ५ बजे नै विमानस्थल पुगेका किराँतीले विमानस्थलको भित्री र बाहिरी कक्ष, शौचालय, आगमन कक्षलगायत स्थानको अवलोकन गरेका थिए । अवलोकन गरेको जानकारी फेसबुक स्टाटसमार्फत दिँदै उनले सभ्यता, समृद्धि र सरसफाई अविभाज्य रहेको प्रतिक्रिया दिएका छन् ।

उनले चौबिसै घण्टा खटेर देशको अनुहार (एयरपोर्ट) सफा बनाउने मजदूर (ब्युटिसियन)हरुलाई हार्दिक धन्यवाद भन्दै आभारसमेत व्यक्त गरेका छन् । हाल आंशिक सुधार भएको र पुर्ण सुधार हुने आशा लिएको बताउँदै उनले एकदिन एयरपोर्ट मात्र नभई देश नै सफा हुने पनि उल्लेख गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button