राजनीतिसमाचार

छानबिनका लागि मगाइयो रवि लामिछानेको नागरिकता र पासपोर्ट

सरकारी वकिलको कार्यालय काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता, राहदानीलगायत कागजात छानबिनका लागि मगाएको छ ।

युवराज पौडेल (सफल)ले कार्यालयमा लामिछानेले झुटो विवरण दिएर राहदानी बनाएको जाहेरी दिएकाले त्यसैको छानविनका लागि कागजात मगाएको सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले बताए । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र राहदानी विभागबाट जारी भएका नागरिकता, राहदानी साथै अध्यागमन विभागबाट पनि आवश्यक कागजात मगाएको उनले जानकारी दिए ।

यसअघि युवराज पौडेलले जिल्ला प्रहरी परिसरमा जाहेरी दिए पनि प्रहरी जाहेरी लिन मानेको थिएन । त्यसपछि सरकारी वकिलको कार्यालय पुगेको जाहेरी छानविन गरेपश्चात दर्ता गर्नुपर्ने भए दर्ता गर्न र नपर्ने भए नगर्न कार्यालयले प्रहरीलाई निर्देशन दिनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button