समाचार

आफैले थापेको विद्युतीय धरापमा परी एक पुरुषको मृत्यु

हात्तीलाई तर्साउन आफैले थापेको विद्युतीय धरापमा परी एक पुरुषको मृत्यु भएको छ ।

झापाको बिर्तामोड-७ बाह्रघरे बस्ने ४९ वर्षीय खेम श्रेष्ठको शुक्रबार राति करेन्ट लागेर मृत्यु भएको हो । जङ्गली हात्तीबाट जोगिन घर वरपर आफैले धराप थापेका श्रेष्ठ राती पिसाब फेर्न निस्कँदा आफै धरापमा परेका थिए ।

करेन्ट लागि गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button