विश्वसमाचार

टर्कीमा भुइँचालो गएको एक सय २२ घन्टापछि दुई महिलाको उद्धार

टर्कीमा गएको भुइँचालोमा फसेका दुई महिलाको १ सय २२ घन्टापछि उद्धार गरिएको छ ।

उद्धारकर्ताहरुले एक ७० वर्षीया वृद्धा र अर्की एक ५५ वर्षीया घाइते महिलालाई जीवितै उद्धार गरेका हुन् । जसमध्ये ७० वर्षीया महिला ब्लाङ्केट बेरेर बसिरहेको अवस्थामा भेटिएको थियो भने अर्की महिलालाई एक भत्किएको घरको भग्नावशेषबाट निकालिएको थियो ।

गत सोमबार टर्की र सिरियाम गएको ७.८ म्याग्नेच्युडको भुइँचालोमा परी हालसम्म मर्नेको संख्या २४ हजार नाघिसकेको छ । पछिल्लो २४ घण्टामा थप ६७ जनाको शव फेला परेको थियो । भुइँचालोमा परी घाइते भएका ८० हजार बढी मानिसको अस्पतालहरुमा उपचार भइरहेको छ भने १० लाख बढी मानिस कठ्याङ्ग्रीदो जाडोमा घरबारविहीन भएका छन् ।

३१ हजार भन्दा बढी उद्धारकर्मीहरु तैनाथ भएका छन् भने विभिन्न मुलुकबाट सहयोग आउन थालेको छ । तर त्यहाँका जनताले भने उद्धार कार्यमा निकै हेलचेक्र्याइँ गरिएको आरोप लगाएका छन् । उनीहरुले सरकार क्षमता अनुसार राहत तथा उद्धारमा नलागेको आरोप लगाएका छन् ।

दुवै देशमा थुप्रै मानिस हिउँदको अत्यधिक चिसोमा खानाको अभावमा कष्टकर जीवन बिताउन बाध्य भएको अन्तर्राष्ट्रिय संघ-संस्थाहरुले रिपोर्ट गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button