कास्कीगण्डकीसमाचार

लेकसाइड सेन्टरको आगो आयो नियन्त्रणमा

पोखरा लेकसाइडस्थित सेल्वेज सपिङ सेन्टरलगायत हिमालयन जाभा क्याफे, नासा ट्रेकिङ, दोर्जेज बार, एटिएम लाउञ्ज रहेको लेकसाइड सेन्टरको भवनमा लागेको आगो घण्टौको प्रयासपश्चात् नियन्त्रणमा आएको छ ।

शनिबार ३:४५ देखि नै सेल्वेजको भुमिगत गोदामबाट फैलिएको आगो करिब ६ बजेतिर निभाइएको हो । अन्डरग्राउन्डमा आगोलागी भएकाले निभाउन कठिन भएको प्रहरीको भनाई छ । सपिङ सेन्टर आसपासका पसलमा क्षति हुन नदिन तथा आगो थप फैलिन नदिन त्यहाँ भएका सामानहरु झिकिएको थियो ।

आगलागी नियन्त्रणमा लिन पोखरा महानगर र अन्तर्राष्ट्रिय विमानस्थलका दमकलहरु प्रयोग गरिएको थियो । आगलागीको कारण पत्ता लागिसकेको छैन भने आगलागीबाट लेकसाइड हल्लनचोक क्षेत्रमा ट्राफिक आवागमनसमेत प्रभावित भएको थियो ।

आगलागीबाट भएको क्षतिको पुर्ण विवरण आइसकेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button