विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत रुपमा चयन भएकी छिन् । शनिबार पार्टीको पहिलो महाधिवेशनबाट बास्कोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएको पार्टी स्रोतले जनाएको छ ।
काठमाडौँमा सम्पन्न महाधिवेशनबाट महासचिवमा रञ्जु दर्शना सर्वसम्मतले चयन हुँदा उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चुनिएका छन् । त्यसैगरी पार्टीको सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी चयन भएका छन् । दामोदर नेपालले पार्टीको कोषाध्यक्षको भूमिका निभाउनेछन् ।
६१ सदस्यीय हुने भनिएको केन्द्रीय समितिका अन्य सदस्यका लागि भने निर्वाचन प्रक्रिया हुने भएको छ ।