विश्वसमाचार

बिबिसीको दिल्ली कार्यालयमा आयकर विभागको छापा

बेलायतको ब्रिटिस बोर्डकास्टिङ एसोसिएसन (बिबिसी) को दिल्ली कार्यालयमा भारतको आयकर विभागले छापा मारेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार कार्यालयका कर्मचारीको मोबाइल जफत गरिएको छ भने उनीहरुलाई घर जान भनिएको छ । छापा मारिएको बारे बिबिसीको लन्डन कार्यालयलाई पनि जानकारी दिइएको बताइएको छ । ६०-७० सदस्यीय आयकर विभागको टोलीले कार्यालयमा छापा मारेको जनाइएको छ ।

बिबिसीले केही समय पहिला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बारे विवादास्पद डकुसिरिज प्रसारण गरेको थियो जसलाई भारतीय सरकारले निकै कडा ढङ्गले सेन्सर गर्न प्रयास गरेको थियो । त्यहाँको सूचना तथा प्रशारण मन्त्रालयले उक्त डकुसिरिजले सामाजिक अस्थीरता ल्याउने भन्दै त्यस सम्बन्धि भिडियो क्लीप राखिएका सामाजिक सञ्जालका खाता बन्द गर्नसमेत निर्देशन गरेको थियो ।

“इन्डिया: दी मोदी कोइसन” नामक उक्त डकुसिरिजले सन् २००२ मा भारतको गुजरातमा भएको दङ्गामा मोदीको नेतृत्वलाई प्रश्न गरेको थियो । दङ्गाका मोदीको संलग्नता बारे पनि डकुसिरिजले प्रश्न गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button