पोखरा रगंशालाको आर्चरी खेल मैदानमा गण्डकी प्रदेश स्तरिय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता हुने भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना,गण्डकी प्रदेश आर्चरी सघको संयोजनमा, नेपाल आर्चरी सघको समन्वयमा र अन्नपुर्ण आर्चरी क्लबको व्यवस्थापनमा यही फागुन ५-६ गते उक्त प्रतियोगिता हुने भएको सह आयोजक कास्की जिल्ला आर्चरी सघले जनाएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताड, मनाड, म्याग्दी, पर्बत, बागलुड, र कास्की बाट करिब ९५ जना खेलाडीहरुको सहभागिता हुने अपेक्षा गरिएको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए ।
प्रतियोगिता अन्तर्गत रिकर्भ ओपन पुरुष र महिला र स्टाण्डर्ट पुरुषतर्फको ब्यक्तिगत खुल्ला प्रतिस्पर्धा हुने भएको अध्यक्ष शेरचनले जनाए । रिकर्भ ओपन ७० मी र स्टाण्डर्ट ३० मी को दुरीमा खेलाइने तयारी गरिएको छ । प्रतियोगितामा रिकर्भ ओपन पुरुषतर्फ विजेतालाई ३० हजार, उपविजेतालाई २० हजार र तेश्रो हुनेलाई १५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्रको व्यबस्था गरिएको छ ।
रिकर्भ ओपन महिलातर्फ विजेतालाई भने १५ हजार, उपविजेतालाई १० हजार र तेश्रो हुनेलाई ५ हजार प्रदा गरिने भएको छ । स्टाण्डर्ट पुरुषतर्फ विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तेश्रो हुनेलाई १० हजार प्रदान गरिने भएको छ । उक्त अवसरमा ६० बर्ष भन्दा उमेर समुहका खेलाडीहरु (भेट्रान्स) को प्रतिस्पर्धा हुने भएको छ । भेट्रान्स पुरुष तर्फ प्रथम हुनेलाई ८ हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने संघले जनाएको छ ।
प्रदेश खेलकुद परिषदको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुने उक्त प्रतियोगितामा मुख्य आर्थिक सहयोगीको रुपमा नेपाल ईन्भेष्टमेन्ट मेघा बैंक र पोखरा महानगरपालिका रहेको संघले जनाएको छ । विगत १० बर्ष देखी आर्चरी प्रतियोगितालाई उक्त बैंकले निरन्तर आर्थिक सहयोग गर्दै आएको छ भने यस बर्ष देखी पोखरा महानगरपालिकाले समेत सहयोग गर्ने भएको हो ।
प्रतियोगिताको शुक्रबार सामाजिक बिकास तथा स्वास्थ मन्त्री पन्चराम गुरुडले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।