पूर्व बैंकर रबिना देशराज श्रेष्ठले प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापमानसँग मङ्गलबार इन्गेजमेन्ट गरेकी छिन् ।
सामाजिक सञ्जालमा इन्गेजमेन्टको औंठी लगाएको तस्वीर पोस्ट गर्दै यसको पुष्टि गरेकी हुन् । भ्यालेन्टाइन डेका अवसर पारेर प्रेमी स्टुअर्टले रबिनालाई औँठी दिँदै प्रस्ताव गरेको र उनले त्यसलाई स्वीकार गरेकी थिइन् ।
मेगा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायत बैंकमा ३२ वर्षको लामो समय काम गरेकी श्रेष्ठलाई नेपालको एक सफल महिला बैंकरका रुपमा लिइन्छ । उनले करिब एक साता अघि मात्रै मेगा बैंकको कामु सीईओबाट बाहिरिएकी थिइन् भने आफ्नो बैंकिङ करियर पनि अन्त्य गर्ने बताएकी थिइन् ।
श्रेष्ठ र स्टुअर्ट विगत लामो समयदेखि नै प्रेमसम्बन्धमा रहेका थिए । इन्गेजमेन्टपछि उनीहरु दुई, छोरा आयुष्मान र बुहारी प्रियङ्का कार्कीको सामूहिक तस्वीरहरु प्रियङ्काले सेयर गरेकी थिइन् ।