गण्डकीसमाचार

मुस्ताङबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो

मुस्ताङको जोमसोमबाट पोखराका आउँदै बस बुधबार बिहान कालीगण्डकी नदीमा खसेको छ ।

बेनी जोमसोम कोरला सडकअन्तर्गत थासाङ-३ धम्पुमा ना ७ ख ७४४० नम्बरको यात्रुबाहक बस नदीमा खसेको हो । बिहान करिब साढे ८ बजेतिर भएको दुर्घटनामा १७ जना घाइते भएका छन् । घटनामा सामान्य घाइते ८ जनाको स्थानीय लेते स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने गम्भीर घाइते ९ जनालाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

घटनाको खबर पाएलगत्तै जोमसोमबाट प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेलको नेतृत्वमा प्रहरी र नेपाली सेनाको टोलीले घटनास्थलमा पुगी घाइतेको उद्धार गरेको थियो । बसमा मुस्ताङ घुम्न हिँडेका भारतीय र नेपाली पर्यटकलगायत स्थानीयहरु रहेको जनाइएको छ ।

बस सडकबाट करिब ४० मिटर तल नदीमा खसेर उल्टो परेको छ । बसलाई डोजरका सहायताले तानेर नदी किनारसम्म ल्याइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button