समाचार

नक्कली लाइसेन्स प्रकरण : तस्वीर फेरेर पाँच हजार झ्वाम !

पोखराकी कञ्चन गुरुङ गत माघ २९ गते नक्कली लाइसेन्ससहित पक्राउ परेपछि शुरु भएको प्रहरी अनुसन्धानले पाँच हजार लिएर नक्कली लाइसेन्स बनाउने गिरोह फेला पारेको छ ।

अर्कै व्यक्तिको लाइसेन्समा फोटो र ट्रायल पास गरेको वर्ग परिवर्तन गरी नक्कली लाइसेन्स तयार गर्ने दुई जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । गुरुङलाई पक्राउ गरि सोधपुछ गर्ने क्रममा अनिल राई र राजन तामाङलाई नक्कली लाइसेन्स बनाएको आरोपमा प्रहरीले फागुन १ गते नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार अनिललाई गुरुङले पाँच हजार नगद, आफ्नो फोटो र एक लाइसेन्स उपलब्ध गराएकी थिइन् ।

अनिलले त्यसपछि १५ सय आफूसँगै राखी बाकिँ पैसा र कागजात तामाङलाई दिएको जनाइएको छ । तामाङले उपलब्ध गरिएको लाइसेन्समा गुरुङको फोटो हालेर नयाँ स्मार्ट लाइसेन्स बनाएका थिए । सक्कल लाइसेन्समा स्कुटर वर्गको मात्रै लाइसेन्स ट्रायल परीक्षा पास भएकोमा नक्कली लाइसेन्समा तामाङले बाइक र कारकोसमेत ट्रायल उतीर्ण गरेको विवरण बनाइदिएका थिए ।

तामाङले अन्य व्यक्तिलाई पनि त्यसैगरी सम्पादन गरि नक्कली लाइसेन्स उपलब्ध गराउँदै आएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रविधिको सामान्य प्रयोग गरि बनाउन सकिने त्यस्ता लाइसेन्स पत्ता लगाउन विना उपकरण ट्राफिकलाई भने कठिन पर्ने देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button