गण्डकीसमाचार

सार्वजनिक बिदा न्युनीकरण गर्न सरकारलाई सांसद थापाको ध्यानाकर्षण

गण्डकी प्रदेश सरकारका सांसद एवम् पूर्व कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सार्वजनिक बिदालाई न्युनीकरण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

बुधबार सदनमार्फत उनले ध्यानाकर्षण गराएका हुन् । प्रदेश सभाको शुन्य समयमा बोल्दै थापाले नेपालमा सरकार परिवर्तन सँगै सार्वजनिक बिदा दिने होडबाजी नै चलिरहेको उल्लेख गरे । ‘नेपालमा सरकार परिवर्तन सँगै सार्वजनिक बिदा थप्ने होडबाजी नै चलेको छ । जसको न्युनीकरण हुनुपर्ने आवश्यकता छ । कुनै दिन विशेष दिवसमा सार्वजनिक विदा दिएर मात्र कसैको सम्मान तथा मर्यादा हुन्छ भन्ने भाष्य हामीले निर्माण गर्दै गयौं भने हामी कहाँ पुग्छौँ?’,उनले भने ।

फागुन महिनामा मात्रै १० दिन सार्वजनिक विदा हुँदा सर्वसाधारणहरु मारमा परेको अभिव्यक्ति उनको छ । अनावश्यक रुपमा थपिएको सार्वजनिक बिदाले विनास मात्रै गर्ने विकास नगर्ने हुँदा घटाउनुपर्ने उनले बताए ।

‘सार्वजनिक बिदा एक किसिमको अघोषित नेपाल बन्द जस्तै हो । अनावश्यक रुपमा थपिएको सार्वजनिक बिदाले विकास होइन विनास गर्छ । बिदालाई न्युनिकरण गर्न सभामुख र प्रदेश सरकार मार्फत संघीय सरकारलाई ध्यानार्कषण गराउँछु ।’,उनले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button