गण्डकीसमाचार

पत्रकार पाठकलाई मातृशोक

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष एवम् पोखराका अग्रज पत्रकार केशव पाठकलाई मातृशोक परेको छ ।

उनकी आमा नैनकुमारी पाठकको ८० वर्षको उमेरमा बिहीबार आफ्नै निवासमा निधन भएको हो । उनको हिजो साँझ नै अन्तिमसंस्कार गरिएको परिवार स्रोतले जनाएको छ । उनलाई उच्च रक्तचाप, सुगरलगायत समस्याले विगत केही समयदेखि सताइरहेको थियो ।

मृतक पाठकको चार छोरा र दुई छोरी गरि ६ सन्तान रहेका छन् । उनको निधनमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले शोक वक्तव्य व्यक्त गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button