आइसिसी क्रिकेट विश्वकप लिग २ मा नेपालले स्कटल्याण्डलाई दबाबमा राखेको छ ।
खेलको पछिल्लो स्थिति अनुसार स्कटल्याण्डले २७ ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै एक सय १९ रन बनाएको छ । स्कटल्याण्डका लागि ओपनर क्रिस्टोफर मेकब्राइडले २२ र रिची बेरिङटनले १९ रन बनाए । यसैगरी टोमस म्याकिन्टसले १९ तथा ब्रेन्डन म्याककुलनले २२ रनको योगदान दिए । क्रीस ग्रीभ्सले पनि १६ रन बनाए । हाल माइकल लिस्क र जेक जार्भिस क्रीजमा ब्याटिङ गरिरहेका छन् ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन, कुशल मल्लले दुई र कुशल भुर्तेलले एक विकेट लिएका छन् । यस अघि नेपालले टस जित्दै फिल्डिङ गर्ने निर्णय गरेको थियो ।