कास्कीगण्डकीसमाचार

कास्कीमा चर्को ब्याजदरविरुद्ध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी कास्कीले चर्को बैंक ब्याजदर, लघुवित्तको ज्यादती र मिटर ब्याजीको विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

पोखरा महानगरको गेट अगाडिदेखि चिप्लेढुङ्गासम्म नारा जुलुससहित गरिएको प्रदर्शन विपि चोकमा पुगेर कोणसभामा परिणत भएको थियोे । कोणसभाको सञ्चालन जनसत्ता प्रमुख परिवर्तन सी ले गरेका थिए भने कार्यक्रमलाई अखिल नेपाल क्रान्तिकारी महिला संघका गण्डकी ब्युरो इन्चार्ज सोममाया सी, केन्द्रीय प्रतिनिधि सदस्य तथा जिल्ला सेक्रेटरी काजी सी ले सम्बोधन गरेका थिए ।

विरोध कार्यक्रममा पुर्वी गण्डक इन्चार्ज राजन सी, जिल्ला इन्चार्ज उभार सी पार्टीका अन्य नेता कार्यकर्ता तथा सर्वसाधारण जनताको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button