आज भगवान शिवको पूजा आराधना गरि देशैभरि महाशिवरात्री पर्व मनाइँदैछ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने शिवरात्री पर्व हिन्दु भक्तजनको प्रमुख पर्वमध्ये एक हो ।
आज बिहानैदेखि शिवका भक्तजनहरु स्नान गरी शिवालयमा गएर नित्य पुजाआजा तथा दूध, धतुरो, बेलपत्र अर्पण गर्ने गर्दछन् भने रातिसम्मै धुनी जगाएर शिवजीको आराधना गर्ने प्रचलन रहिआएको छ । शिवपुजनका चार रात्रीमध्येका एक शिवरात्रीका दिन शिवजीको उत्पत्ति भएको जनविश्वास रहिआएको छ । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरि चार रात्रीको विशेष महत्व रहेको छ ।
आज देशैभरिका शिवालयमा भक्तजनको ठूलो घुइँचो लागेको छ । काठमाडौँको शिवरात्री, लमजुङको करपुटार, कास्कीको केदारेश्वरलगायत देशैभरिको शिव मन्दिरमा बिहानै देखि भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको छ ।