नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य दुर्गा प्रसाईंले पार्टी हितविपरीत कार्य गरेको भन्दै पार्टीको प्रदेश कमिटीले कारवाहीका लागि सिफारिस गरेको छ ।
प्रदेश कमिटीको आज बिहान बसेको बैठकले प्रसाईंका गतिविधि पार्टी हितविपरीत भएको भन्दै केन्द्रमा कारवाहीका लागि सिफारिस गरेको हो । केन्द्रीय कमिटी सदस्य भएकाले स्थानीय रुपमा कारवाही गर्न सम्भव नभएकाले केन्द्रमै सिफारिस गरेको जनाइएको छ ।
विवादास्पद अभिव्यक्ति दिँदै आएका प्रसाईंले पछिल्लो पटक पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारस शाहको उपस्थितिमा कार्यक्रम गरेका थिए । उनले कार्यक्रममा देशलाई हिन्दु राज्य बनाएरै छाड्ने उद्घोषसमेत गरेका छन् ।
सामाजिक सञ्जालमा प्रसाईंले पूर्व राजा शाहसँगको तस्वीर सेयर गर्दै राजसंस्था र हिन्दु राज्य फर्काएरै छाड्ने उद्घोषसमेत गरेका छन् ।