समाचार

आजको मौसम : प्रदेश १ र गण्डकीका उच्च हिमाली भूभागमा हिमपात

जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकीका उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार हाल प्रदेश १ र बाग्मती प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली  रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

त्यसैगरी प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रही प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button