कास्कीगण्डकीसमाचार

हेम्जामा चैत २६ देखि राष्ट्रिय आलु महोत्सव हुने

आलु गाउँका रुपमा ख्याती कमाएका कास्कीको हेम्जामा आगामी चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म ११ औँ राष्ट्रिय हेम्जा आलु महोत्सव हुने भएको छ ।

‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ हेम्जास्थित विष्णुुपादुका खेलमैदान महोत्सव आयोजना हुने जनाइएको छ । मंगलबार हेम्जामा बसेको आयोजक भेलाले सुबिन श्रेष्ठको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ । समितिको महासचिवमा वसन्तकुमार श्रेष्ठ, सचिवमा चन्द्रमान श्रेष्ठ तथा कोषाध्यक्षमा मधुर कुँवर रहेका छन् । भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ ।

अर्थ संकलन उपसमिति संयोजकमा डम्बरबहादुर कुँवर, लेखा उपसमिति संयोजकमा राम सापकोटा, स्टल रेस्टुरेस्ट उपसमिति संयोजकमा राजेन्द्र थापा, आमा समूह परिचालन उपसमिति संयोजकमा उमा भुर्तेल, अतिथि सत्कार उपसमिति संयोजकमा शान्ता केसी, सांस्कृतिक उपसमिति संयोजकमा दानबहादुर थापा, सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी डम्बरबहादुर अधिकारीलाई दिइएको छ ।

भेलाले पानी बिजुली उपसमिति संयोजकमा केशव गिरी, यातायात तथा पार्किङ उपसमिति संयोजकमा बिपिन थापा, बैंक तथा बित्तीय संघसंस्था समन्वय उपसमिति संयोजकमा कृष्ण पौडेल, स्वयंसेवक परिचालनमा अस्बिन थापा, प्रचारप्रसार उपसमितिमा निराजन अधिकारी, झाँकी र्याली व्यवस्थापनमा पार्वती बाँस्तोला, कृषि परिचालन उपसमिति जयराम तिमिल्सिना, प्राथमिक उपचारमा अनिल पौडेल, छपाइ तथा अनलाइन व्यवस्थापनमा नरेस सिरस र वैदेशिक समन्वयमा मनोज कार्कीले जिम्मेवारी पाएका छन् ।

वि.सं २०६६ सालदेखि वार्षिक रुपमा चैतमा हुँदै आएको उक्त महोत्सवको पहिलो संस्करण स्थानीय बहुउद्देश्यीय किसान सहकारी संस्थाले, दोस्रो संस्करण तत्कालिन हेम्जा गाविसले तथा तेस्रो संस्करणदेखि लगातार विष्णुपादुका क्लबले गर्दै आएको छ । कोरोना भाइरसको संक्रमणका कारण विगत ३ वर्षदेखि स्थगित भएको महोत्सव यस बर्षदेखि निरन्तरता दिन लागिएको हो ।

क्लबका अध्यक्ष सुबिन श्रेष्ठको अध्यक्षतामा बसेको भेलाको सञ्चालन सचिव बसन्तकुमार श्रेष्ठले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button