
गण्डक नहरमा आफ्ना दुई छोरासहित एक महिलाले हाम फालेकी छिन् ।
मङ्गलबार दिउँसो भएको घटनामा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका घर भएका तीर्थराम थारुकी २९ वर्षीया श्रीमती प्रतिमा थारु आफ्ना ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारुसहित नहरमा हाम फालेको प्रहरीले जनाएको छ । नहरमा हाम फालेपछि बेपत्ता तीनैजनाको खोजीकार्य जारी रहेको पनि प्रहरीले जनाएको छ ।
हाम फाल्नुको कारण पत्ता लागिसकेको छैन । घटना बारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।