समाचार

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, प्रदेश १ मा छिटपुट वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने तथा प्रदेश १ मा छिटपुट वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार अहिले प्रदेश नं १ र बाग्मती प्रदेशका पहाडी भूभागहरूलगायत कर्णाली तथा सूदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहने विभागले जनाएको छ ।

प्रदेश १ पहाडी भूभागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, र बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जानकारी दिएको छ । विभागका अनुसार आज राति गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button