निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनमा सहभागी हुन पाउने आठ सय ८१ मतदाताको नामावली सार्वजनिक गरेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूची अनुसार तीन सय ३१ संघीय सांसद र पाँच सय ५० प्रदेश सांसदले निर्वाचनमा भाग लिन पाउनेछन् । यसैगरी प्रकाशित मतदाता नामावलीमाथि दाबी विरोधको उजुरी आजै बिहान ११ बजेदेखि भोलि १२ बजेसम्म दिन सकिनेछ । यसरी नामावलीमा संलग्न माथि परेको उजुरीमा फागुन १२ गते ३ बजेसम्म छानबिन हुनेछ ।
छानबिनपश्चात् फागुन १२ गते ४ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम रहेको छ भने फागुन १३ गते राष्ट्रपतिको पदका लागि मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुनेछ ।