समाचार

बाजुरा केन्द्रविन्दु पारेर गयो ५.२ रेक्टरको भुइँचालो

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भुइँचालो गएको छ ।

बुधबार अपरान्ह १:४५ बजेको समयमा बाजुराको बिछ्या आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भुइँचालो गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भुइँचालो सुदूरपश्चिमका अन्य पहाडी जिल्लामासमेत महसुस गरिएको थियो । भुइँचालोबाट कुनै क्षतिको विवरण भने आएको छैन ।

पछिल्लो समय पश्चिम नेपालका विभिन्न जिल्लामा लगातार भुइँचालोको धक्काहरु महसुस भइरहेको छ । यसरी ससाना भुइँचालो जानू ठूलो भुइँचालोको संकेत भएकाले सचेत बस्न विज्ञहरुले सुझाउँदै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button