कास्कीगण्डकीसमाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार

पोखरा,११ फागुन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार भएको छ ।

बिहीबारदेखि विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू हुने भएपछि रातिको समयमा समेत उडान र अवतरण गर्न योग्य भएको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए ।

एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिने भएकोले बिहीबार उक्त समय पुगेकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागिसमेत परिपक्क भएको गौतमले बताए । विमानस्थलले यसको जानकारी विमान कम्पनीलाई दिएसँगै निजी क्षेत्रका हवाई कम्पनीले रात्रिकालीन उडानको तयारी थालेको गौतमले जानकारी दिए ।

बुद्धएयरले आगामी फागुन २५ देखि रात्रिकालीन उडानको तयारी गरेको जनाएको छ । जसअनुसार बुद्धका चारवटा जहाज रातिको समयमा विमानस्थलमा रहनेछन् ।

हाल विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) प्रणालीबाट दिनमा मात्र जहाजको उडान अवतण हुँदै आएकोमा पूर्ण यान्त्रिक प्रणाली आइएफआरबाट उडान अवतण हुदा थप सुरक्षितसमेत रहने बताइएको छ । भिएफआरबाट दिनमा ४ बजेसम्म मात्र उडान हुँदै आएको पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै यस क्षेत्रको पर्यटन क्षेत्रलाई लाभ पुग्ने अनुमान गरिएको छ ।

गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु भएको विमानस्थल सबैखाले उडानका लागि योग्य रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ (एआइपी) प्रकाशित गरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान भए पनि अन्तर्राष्ट्रिय उडान अझै सुरु हुन सकेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button