गण्डकीसमाचार

बुद्ध एयरले भद्रपुर-पोखरा सन्ध्याकालीन उडान गर्ने

निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले भद्रपुरबाट पोखरासम्म सन्ध्याकालीन उडान गर्ने भएको छ ।

आज कम्पनीले जारी गरेको एक सूचना अनुसार फागुन २५ गतेदेखि पोखरा-भद्रपुर उडान हुने भएको हो । सूचना अनुसार बिहान ६:१५ बजे पोखरादेखि भद्रपुर उडान हुनेछ भने साँझ ६:५५ बजे भद्रपुरबाट पोखरा उडान हुनेछ ।

पोखरा विमानस्थलमा आजदेखि अन्तर्राष्ट्रिय तथा रात्री उडान गर्न सकिने विमानस्थलले जनाएको छ । बिहीबारदेखि विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू हुने भएपछि उडान सम्भव भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button