राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीय तथा प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
शनिबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सत्तामा रहनु अनुपयुक्त हुने निष्कर्ष निकाल्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो । पार्टीले सरकारबाट बाहिरिदै गर्दा सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।
एकीकृत माओवादीले राष्ट्रपति चुनावमा नेपाली काङ्ग्रेसलाई सघाउने निर्णय गरेपछि सरकार देखि सत्तारुढ गठबन्धनसम्म परिवर्तन हुने देखिएको छ ।