अभिनेता पल शाहलाई बाल यौन दुरुपयोग मुद्धामा उच्च अदालत पोखराले सफाई दिएको छ ।
न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरले गरेको फैसलामा अभियोग दाबी नपुग्ने ठहर गरेको हो । उनी अब भोलि रिहा हुने जनाइएको छ ।