समाचार

आज राष्ट्रिय मगर दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाईँदै

आज फागुन १५ गते देशभरी विभिन्न कार्यक्रम गरि राष्ट्रिय मगर दिवस मनाईँदै छ । दिवसका उपलक्ष्यमा विभिन्न स्थानीय निकायले बिदा दिएका छन् भने मगर जातिसम्बन्ध संघसंस्थाले विभिन्न कार्यक्रम गर्ने भएका छन् ।

मगर समुदायको ठूलो बसोबास रहेको तनहुँ जिल्लाका ६ स्थानीय निकायले आज बिदा दिएका छन् । त्यहाँको भिमाद नगरपालिकासहित म्याग्दे, रिसिङ, घिरिङ, देवघाट, देवघाट र बन्दीपुर गाउँपालिकाले आज बिदाको घोषणा गरेका छन् । यसैगरी प्युठानको सरुमारानी र ऐरावती गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएका छन् ।

यसैगरी कास्कीको पोखरामा नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीले नेपाल मगर संघको ४१ औँ स्थापना एवं ऐतिहासिक “मगर दिवस फागुन १५” को अवसरमा झाँकी र्याली सहित विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ । पोखराको चिप्लेढुङ्गामा भेला भई झाँकी र्यालीले भिमसेनचोक, नयाँबजार र लखनचोक हुदै पोखरा सभागृह हलमा विभिन्न कार्यक्रम आयोजना हुने जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button