
पोखराको मालेपाटनमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा पुरुषको शव फेला परेको छ ।
पोखरा महानगर-५ मालेपाटन स्वागतटोल माथिको जङ्गलमा हिजो साँझ झुन्डिएको अवस्थामा एक पुरुष मृत फेला परेका थिए । उनको शव पोस्टमार्टमका लागि प्रहरीले गण्डकी अस्पताल लगेको थियो ।
मृतकको पहिचान नखुलेको जनाइएको छ ।