समाचार

पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा ओम शान्तिमा श्रद्धान्जली सभा

गत माघ १ गते विमान दुर्घटनामा परी निधन भएका पत्रकार त्रिभुवन पौडेलको सपना पूरा गर्न सबै लाग्नु पर्ने पोखरामा आज आयोजित एक श्रद्धाञ्जली सभाका वक्ताहरुले बताएका छन् ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य, महासंघ गण्डकीका संस्थापक अध्यक्ष, प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष पौडेलको ४५ दिनको पुण्य तिथिमा ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय पार्दी शाखा (ओम शान्ति) मा आयोजित श्रद्धान्जली सभामा वोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन्।

पत्रकार पौडेलको स्मृतिमा आफुहरुले ४५ दिनको पुण्य तिथिमा श्रद्धान्जली सभाको आयोजना गरी उहाँको परिवारजनसँगै उक्त कार्यक्रम गरिएको ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय पार्दी शाखाकी सञ्चालिका अप्सरा दिदीले बताइन् । पत्रकार पौडेलले पत्रकारिता क्षेत्र मात्र नभई सामाजिक क्षेत्र र विभिन्न संघ संस्थामासमेत पुर्याएको योगदानको प्रशंसा गर्दै अप्सरा दिदीले उनको सपना पूरा गर्न सबै लाग्नु पर्नेमा जोड दिइन् । शोकलाई अब शक्तिमा बदल्दै अघि बढ्नुको विकल्प नभएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले पत्रकार पौडेलको सपना पूरा गर्न उनको परिवारजनको साथमा आफुहरु जस्ता थुप्रै संघ संस्थाहरु तथा व्यक्तिहरु रहेको बताए । नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष, मञ्चका पूर्व सल्लाहकार पौडेलको स्मृतिमा स्थापना हुन लागेको उक्त अक्षयकोषमा मञ्चले प्रारम्भिक चरणमा १५ हजार सहयोग गर्ने जनाइएको छ ।

ओम शान्तिका दुर्गा पौडेलले पत्रकार पौडेलले देखाएको बाटो अवलम्बन गर्नुपर्ने बताए । कार्यक्रममा विश्वविद्यालयका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, पौडेलको परिवारजन, पत्रकारको सहभागिता रहेको थियो । माघ १ गते पोखरामा एति एयरलायन्सको विमान दुर्घटनामा परी पत्रकार पौडेल, पत्रकार अनिल शाही, पाइलट कमल केसी सहित ७२ जनाको निधन भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button