राजनीतिसमाचार

आजबाट लागू भयो राष्ट्रपति निर्वाचनको आचारसंहिता

राष्ट्रपति चुनावका लागि हिजो निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशित गरेसँगै आजबाट राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू भएको छ ।

फागुन १७ देखि उपराष्ट्रपति निर्वाचनको नतिजा प्रकाशित हुने मिति अर्थात चैत ५ गतेसम्म आचारसंहिता लागू हुनेछ । आयोगका अनुसार आचारसंहिता नेपाल सरकार, प्रधानमन्त्री र मन्त्री, प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई लाग्नेछ ।

यसैगरी राजनीतिक दल र तिनका भ्रातृ संगठन, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, मतदान र मतगणनास्थलमा खटिने उम्मेदवारका प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, तिनका कर्मचारी र पत्रकार तथा मतदातालाई पनि आचारसंहिता लाग्ने निर्वाचन आयोगले जनाएको छ । आचारसंहितामा उम्मेदवारको खर्चको सीमा देखि विभिन्न गर्न पाइने र नपाइने विषयहरु उल्लेख गरिएका छन् ।

निर्वाचन आयोगका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले अधिकतम चार लाख रुपैयाँ निर्वाचनका लागि खर्च गर्न पाउनेछन् । आयोगले विभिन्न शीर्षक नै छुट्टाएर कुन प्रयोजनका लागि के कति खर्च गर्न पाइने उल्लेख गरेको छ जस अनुसार गोष्ठी तथा सम्मेलन र सवारी साधनका लागि सर्वाधिक एक-एक लाख खर्च गर्न पाइनेछ ।

यसैगरी आचारसंहिता अनुसार मतदानको ४८ घन्टा अघिदेखि सभा, जुलुस, नाराबाजीलगायत प्रचारप्रचार गर्न पाइने छैन भने मादक पदार्थ पनि प्रतिबन्धित गरिएको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रपति निर्वाचनमा नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button