बाग्लुङमा नाबालिका छोरीको हत्याको आरोपमा बुवा पक्राउ परेका छन् ।
बाग्लुङको जैमिनी नगरपालिका-४ सर्कुवामा आफ्नै छोरीलाई ढुङ्गाले प्रहार गरि मारेको आरोपमा २७ वर्षीय सायर दिन मियाँ पक्राउ परेका हुन् । १८ महिने छोरी अरिसा दिनलाई ढुङ्गाले हानेर सायर फरार भएका थिए । बाग्लुङ नगरपालिका-१२ अमलाचौर घर भएका सायरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
हत्याका बखत सायरकी श्रीमती भने माइतमा थिइन् । सायरको घरेलु हिंसाका कारण उनी माइतीमै बस्दै आएको जनाइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार घटनाका बेला उनले मादक पदार्थ सेवन गरेका थिए ।