काठमाडौँबाट भैरहवा उडेको श्री एयरको विमानमा आगलागी भएपछि त्रिभुवन विमानस्थलमा अवतरण गरिएको छ ।
जहाजको इन्जिनमा आगो लागेको देखेपछि विमानलाई धादिङ नजिकै आकाशबाटै फर्काएर त्रिभुवन विमानस्थल लगिएको थियो । विमानको सुरक्षित अवतरण भएको र यात्रुलगायत सबै चालकदल पनि सकुशल रहेको जनाइएको छ ।