समाचार

आजको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागको मौसमी बुलेटिन अनुसार अहिले बिहानीपख देशका पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

यसैगरी दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको  रहेको छ । विभागका अनुसार आज राति लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशहरुमा सामान्य बदलीका साथै गण्डकी, बाग्मती र कोशी प्रदेशहरुका पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने  रहनेछ ।

देशको पहाडी भूभागका केही जिल्लामा आउन सक्ने हावाहुरीलगायत मौसमका सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन पनि विभागले अनुरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button